रूपन्देही-२ मा राप्रपा उम्मेदवार कार्भिकाले लिइन् उम्मेदवारी फिर्ता

रूपन्देही-२ मा राप्रपा उम्मेदवार कार्भिकाले लिइन् उम्मेदवारी फिर्ता



काठमाडौं । रूपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बनेकी कार्भिका थापाले उम्मेदवारी फिर्ता गरेकी छन् । अमेरिकाको ग्रीन कार्ड लिएकी थापाले शुक्रबार उम्मेदवारी फिर्ता लिएकी हुन् ।

थापा राप्रपा नेता एवं पूर्व कानुनमन्त्री निरन्जन थापाको छोरी हुन् । उनी अमेरिका जाने आउने गर्दै आएकी थिइन् । अहिले पनि केही दिनभित्रै उनी अमेरिका जाने तयारीमा थिइन् । थापाले शुक्रबार विज्ञप्ति निकाल्दै उम्मेदवारी फिर्ता लिएको बताएकी छन् ।

थापाले कुनै विरोध र उजुरी नपरेको भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले मनोनयन फिर्ता लिन अनुरोध गरेकाले, संविधानको मर्म र भावनाअनुसार ठूलो मन गरेर आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगेको उल्लेख गरेकी छन् ।