न्युजिल्यान्डका तीव्र गतिका बलर एडम मिल्ने टी–२० विश्वकपबाट बाहिरिए

न्युजिल्यान्डका तीव्र गतिका बलर एडम मिल्ने टी–२० विश्वकपबाट बाहिरिए



काठमाडौं । ह्यामट्रिङ चोटका कारण न्युजिल्यान्डका तीव्र गतिका बलर एडम मिल्ने आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएका छन् ।

दक्षिण अफ्रिकाको फ्रेन्चाइज लिग ‘एसए–ट्वान्टी’ का क्रममा चोटका कारण उनी विश्वकपबाट बाहिरिएका हुन् । न्युजिल्यान्डले एडम मिल्नेको ठाउँमा काइल जेमिसनलाई टोलीमा समावेश गरेको छ ।

‘एसए–ट्वान्टी’ मा गएको आइतवार एमआई केप टाउनसँगको खेलमा सनराइजर्सका खेलाडी मिल्नेलाई चोट लागेको थियो । उनले यस प्रतियोगितामा १६ दशमलव २७ को औसत र ७ दशमलव ६१ को इकोनोमीमा ११ विकेट लिएका छन् । काइल जेमिसनले अहिले घरेलु टोली भारतसँग टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेका छन् ।

टी–२० विश्वकपका लागि यही जनवरी ३१ सम्म टोलीमा परिवर्तनहरू स्वतन्त्र रूपमा गर्न सकिन्छ, त्यसपछि कुनै पनि परिवर्तनका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को स्वीकृति आवश्यक पर्नेछ ।

१०औँ संस्करणको प्रतियोगिता आउँदो फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुँदैछ । प्रतियोगितामा बङ्गलादेशको सहभागिताबारे अन्योल कायमै छ ।