एमाले ओखलढुङ्गाका अध्यक्षसहित ३८ जना नेकपामा प्रवेश

एमाले ओखलढुङ्गाका अध्यक्षसहित ३८ जना नेकपामा प्रवेश



काठमाडाैं । नेकपा एमालेको ओखलढुङ्गा जिल्ला कमिटीका अध्यक्ष, उपाध्यक्ष र सचिवसहित ३८ जना नेता कार्यकर्ताले पार्टी छाडेर नेपाली कम्युनिष्ट पार्टी(नेकपा) मा प्रवेश गरेका छन् । ।

अध्यक्ष जीवी खड्कासहित जिल्ला कमिटीका नेताहरूले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर पार्टी छाडेको घोषणा गरेका हुन् ।

उनीहरूलाई नेकपाका संयाेजक पुषपकमल दाहाल प्रचण्ड र सहसंयाेजक माधव नेपालले स्वागत गरेका छन् । ओखलढुङ्गाबाट एमालेले प्रतिनिधि सभा सदस्य निर्वाचनमा अस्मिता थापालाई उम्मेदवार बनाएपछि उनीहरू रुष्ट बनेका थिए ।

यसअघि उम्मेदवारी मनोनयनका दिन अम्बिरबाबु गुरुङले पनि एमाले छाडेर नेकपाबाट उम्मेदवार बनेका थिए ।