काठमाडौं । राष्ट्रिय लिग फुटबलमा श्री भगवती क्लब र सातदोबाटो युथ क्लब विजयी भएका छन् ।
ललितपुरको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको पहिलो खेलमा भगवतीले नव जन जागृति क्लबलाई ५–१ गोलले हरायो । भगवतीका शिशिर लेखीले २ तथा सुवास बम, सेमन्त तथा र अजयी मार्टिनले १/१ गोल गरे । नव जन जागृतिका विक्रम थोकरले गोल गरे ।
यस्तै काठमाण्डौको दशरथ रङ्गशालामा भएको दोस्रो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोलले हरायो । सातदोबाटोका फोडे फोफानाले गोल गरे । यस्तै आजको तेस्रो खेलमा दशरथ रङ्गशालामै लालीगुराँस एसोसिएशन र नेपाल पुलिस क्लब खेलिरहेका छन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको राष्ट्रिय लिग फुटबलमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरि १७ वटा टोली सहभागी छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने लिगमा कूल १ सय ३६ खेल हुनेछन् ।
राष्ट्रिय लिगका खेलहरू दशरथ रङ्गशाला, च्यासल रङ्गशाला र एन्फा कम्प्लेक्समा भइरहेका छन् । लिगको विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने छ ।


प्रतिक्रिया