काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादली रहनेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।
देशका उच्च पहाडी तथा हिमाली भूभागमा थोरै स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ । गण्डकी र कर्णाली प्रदेशको बाँकी भूभागका एकदुई स्थानमा समेत हल्का वर्षाको सम्भावना रहेको छ ।
विभागले राति देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्ने बताएको छ । कोसी, गण्डकी र कर्णाली प्रदेश प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।


प्रतिक्रिया