बुटवल । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत लुम्बिनीमा मतदान सम्पन्न भएको छ । आइतबार (माघ ११) बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म कुल २८६ मत खसेको छ । प्रदेशसभा सदस्यतर्फ ७८ मत रस्थानीय तह सदस्यतर्फ २०८ मत खसेको हो ।
लुम्बिनी प्रदेशमा ८३ जना प्रदेशसभा सदस्य र २१७ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी कुल ३०० जना मतदाता थिए ।
यस प्रदेशबाट महिला, अपांगता वा अल्पसंख्यक र अन्य समूह गरी तीनजना राष्ट्रियसभा सदस्य निर्वाचित गरिनेछ ।
तीन सिटका लागि आठजनाको मनोनयन दर्ता भएको छ । कांग्रेस–एमाले गठबन्धनबाट तीन जना, नेपाली कम्युनिस्ट पार्टीबाट तीनजना र राष्ट्रिय जनमोर्चाबाट दुईजनाको उमेदवारी दर्ता भएको हो


प्रतिक्रिया