राष्ट्रियसभा निर्वाचन : कोशीमा रोशनी मेचे विजयी

राष्ट्रियसभा निर्वाचन : कोशीमा रोशनी मेचे विजयी



विराटनगर । कोशी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनमा महिलातर्फ रोशनी मेचे विजयी भएकी छन् । कांग्रेस एमाले गठबन्धनबाट उनी निर्वाचित भएकी हुन् ।

मेचे ७१७३ मतभारसहित विजयी भएकी हुन् । उनलाई नेकपाकी नमिता न्यौपानेले चुनौती दिएकी थिइन् ।

दलित तर्फ गणना जारी छ । अन्य तर्फ सुनिल थापा निर्विरोध निर्वाचित भएका थिए ।