सुदूरपश्चिममा एमालेबाट भण्डारी र कांग्रेसका खाती विजयी

सुदूरपश्चिममा एमालेबाट भण्डारी र कांग्रेसका खाती विजयी



कञ्चनपुर । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेकपा (एमाले)की लीलाकुमारी भण्डारी र नेपाली कांग्रेसका खम्मबहादुर खाती विजयी भएका छन् ।

प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका अनुसार महिला समूहबाट एमालेकी भण्डारीले ३ हजार ९८४ मतभार प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीकी रोजी बस्नेतले १ हजार ६ सय ७६ मतभार प्राप्त गरिन् ।

यसैगरी, अन्य समूहबाट नेपाली कांग्रेसका खम्मबहादुर खाती ३ हजार ९ सय ६९ मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपाका टिकाराम जैशीले १ हजार ८०५ मत प्राप्त गरेका थिए ।