साफ महिला फुटसलमा नेपालसँग भूटान पराजित

साफ महिला फुटसलमा नेपालसँग भूटान पराजित



काठमाडौं । साफ फुटसल च्याम्पियनशिपको महिलातर्फ नेपालले लिग चरणको अन्तिम खेलमा भूटानलाई हराएको छ ।

थाइल्यान्डको बैंककमा रहेको हुआ मक इनडोर स्टेडियममा आज भएको खेलमा नेपालले भूटानलाई ५–३ गोलले हरायो । योसँगै नेपालले चौथो स्थानमा रहँदै प्रतियोगिता सकाएको छ ।

नेपाली महिला टोलीले पहिलो खेलमा श्रीलङ्कासँग २–२ गोलको बराबरी खेल्दा दोस्रो खेलमा माल्दिभ्सलाई ५–० गोलले हराएको थियो । यस्तै तेस्रो खेलमा नेपाल भारतसँग ८–१ गोल र चौथो खेलमा बङ्गलादेशसँग ३–० गोलले पराजित भएको थियो । यस्तै नेपालले पाँचौँ खेलमा पाकिस्तानलाई ५–१ गोलले हरायो ।

साफ फुटसल च्याम्पियनशिपमा महिलातर्फको उपाधि बङ्गलादेशले जितेको छ । लिग चरणमा शीर्ष स्थानमा रहँदै बङ्गलादेश विजेता बनेको हो । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले पहिलो पटक साफ फुटसल च्याम्पियनशिप आयोजना गरेको हो ।