काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले उत्तेजनाको राजनीतिमा विश्वास नराख्ने बताएका छन् ।
सर्लाही ४ जानुअघि भिडिओ सन्देश जारी गर्दै सभापति थापाले मधेशसँगको सम्बन्ध प्रगाढ बनाउने इच्छाले सर्लाही–४ मा उम्मेदवार बनेको बताए ।
उनले भनेका छन्, ‘म मधेस जाँदैछु किनकि म देश जोड्न चाहन्छु । म काठमाडौंका कथाहरू मधेस लगेर सुनाउन चाहन्छु अनि मधेसका कथा, व्यथा र पीडाहरूलाई बुझ्दै काठमाडौं ल्याएर सुनाउन चाहन्छु ।’
उनले सबैको सम्मान रहँदै गर्दा नेपालीहरूको सम्मान रहने कुरामा आफू विश्वास राख्ने पनि बताएका छन् ।
काठमाडौं–४ का मतदातालाई तीनपटक निर्वाचित गरेको प्रति कृतज्ञता व्यक्त गरे । ‘एउटा परिवार जस्तो माया यो क्षेत्रमा सधैं पाएँ । जीवनको महत्त्वपूर्ण चरणहरू त्यहिँभित्र बिताएँ,’ काठमाडौं–४ का मतदातालाई सभापति थापाले भने ।
सभापति निर्वाचित भएपछि क्षेत्र परिवर्तन गर्न नहुने सुझावहरू अझ बढी आएको उल्लेख गरे ।
‘म उत्तेजनाको राजनीतिमा विश्वास राख्दिनँ तर म अधिकार नभईकन सबैका बीचमा एकता हुन्छ भन्ने कुरामा विश्वास राख्दिनँ,’ उनले भनेका छन् । फागुन २१ को निर्वाचनमा सभापति थापा सर्लाही ४ बाट उम्मेदवार छन् ।


प्रतिक्रिया