नेपालगञ्जमा पुगे बालेन, स्वागतमा कार्यकर्ता र समर्थकको भिड

नेपालगञ्जमा पुगे बालेन, स्वागतमा कार्यकर्ता र समर्थकको भिड



काठमाडौं । झापाबाट फर्किएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह सोमबार पहिलो पटक बाँकेको नेपालगञ्ज पुगेका छन् । नेपालगञ्ज विमानस्थलबाहिर उनलाई स्वागत गर्न पार्टी कार्यकर्ता र समर्थकको भिड लागेको थियो । प्रहरीलाई स्कर्टिङ गर्न हम्मेहम्मे परिरहेको थियाे ।

एयरपोर्टबाट रुफटप कारमा निस्किएका बालेनसँग सेल्फी खिच्ने र उनलाई हेर्न छतछतमा स्थानीय देखिएका थिए । विमानस्थलमा बालेनको स्वागतका लागि केन्द्रीय सदस्य खगेन्द्र सुनार पनि पुगेका थिए । उनी त्यहाँबाट सुदूरपश्चिमका विभिन्न जिल्लामा चुनावी प्रचारमा सहभागी हुने बताइएको छ ।

सुदूरपश्चिमबाट बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले अछाम २ बाट र कोर टीमका सदस्य केपी खनाल कैलाली २ बाट उम्मेदवार बनेका छन् । यी दुईको निर्वाचन क्षेत्रलाई प्राथमिकतामा राखेर बालेन सुदूरपश्चिम गएको बुझिएको छ ।

सुदूरमा केही दिन बिताएर बालेन काठमाडौं फिर्ता हुनेछन् ।