काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ)को आयोजनामा पहिलोपटक भएको यो प्रतियोगिताको उपाधि माल्दिभ्सले अपराजित रहँदै उचालेको छ । माल्दिभ्सले प्रतियोगितामा ६ खेल खेल्दा शतप्रतिशत जित आत्मसाथ गर्यो ।
उपाधिको निम्ति माल्दिभ्सले समुह चरणमा श्रीलंकालाई ५–२, बंगलादेशलाई ६–१, पाकिस्तानलाई ७–१, भारतलाई ५–० र नेपाललाई २–१ ले पराजित गर्यो । भारत भने उपविजेता बन्यो । भारतले प्रतियोगितामा ६ खेल खेल्दा तीन जित, दुई बराबरी र एक हारसहित ११ अंक बनाएको हो ।
समान अंक बनाए पनि गोलअन्तरले पछाडि परेपछि नेपाल तेस्रो स्थानमा सीमित रहयो । १० अंकका बनाएको पाकिस्तानले चौथो स्थान चित्त बुझायो । समान एक अंक जोडेको श्रीलंका र भुटानले क्रमशः छैटौँ र सातौँ स्थानमा रही प्रतियोगिता टुंग्याए ।


प्रतिक्रिया