चाइना युनानसँगको मैत्रीपूर्ण फुटबलका नेपाली यू–२० महिला टोली घोषणा

चाइना युनानसँगको मैत्रीपूर्ण फुटबलका नेपाली यू–२० महिला टोली घोषणा



काठमाडौं । चाइना युनानको युवा टोलीसँगको मैत्रीपूर्ण फुटबलका लागि २० वर्षमुनिको नेपाली राष्ट्रिय महिला टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज मैत्रीपूर्ण फुटबलका लागि २३ सदस्यीय टोली घोषणा गरेको हो ।

मैत्रीपूर्ण फुटबल आउँदो शनिवार काठमाडौंको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुनेछ । चिनियाँ नयाँ वर्षको अवसरमा आयोजना गर्न लागिएको खेलले नेपाली महिला युवा टोलीको तयारी तथा अन्तर्राष्ट्रिय अनुभव अभिवृद्धि गर्ने एन्फाले जनाएको छ ।

टोलीमा अमिता भुल, अनिशा राई, अस्मिता गुरुङ, भावन परियार, बिर्सना चौधरी, गङ्गा रोकाया, झुमा विश्वकर्मा, कविता गुरुङ, करुणा बुढाथोकी, कुसुम खतिवडा, लीला जोशी र मीना देउवा रहेका छन् ।

यसैगरी सजिना स्याङ्तान, समीक्षा मगर, सङ्गीता अधिकारी, सानिमामाया लो, सरिताकुमारी नाथ, सेमिहाङ लिम्बू, सिमरन राई, सुजाता तामाङ, पुनम चेमजोङ, पूर्णिमा राई र शुक्रिया मिया टोलीमा छन् ।

टोलीको मुख्य प्रशिक्षकमा यमप्रसाद गुरुङ छन् ।