एरिका डब्लुकेएफ वरीयताको १३औँ स्थानमा

एरिका डब्लुकेएफ वरीयताको १३औँ स्थानमा



काठमाडौं । नेपालकी कराते स्टार एरिका गुरुङ डब्लुकेएफ वरीयताको १३औँ स्थानमा उक्लिएकी छन् ।

विश्व करातेम महासङ्घ (डब्लुकेएफ) ले टर्कीको इस्तानबुलमा हालै सम्पन्न कराते वान प्रिमियर लिगमा रजक जितेपछि एरिकाको वरीयतामा सुधार आएको हो । एरिकाले महिला ६८ केजीमाथि तौल समूहमा रजक जितेकी हुन् ।

पछिल्लो दुई वर्ष अन्तर्राष्ट्रिय कराते प्रतियोगिताहरूमा लगातार प्रतिस्पर्धा गर्दै आएकी एरिकाले यसअघि मोरक्कोको राबतमा भएको प्रिमियर लिग कांस्य पदक जितेकी थिइन् । टर्कीमा उहाँले विश्वका शीर्ष वरियताका खेलाडीलाई हराएकी थिइन् ।