ललितपुरमा श्रीमतीको हत्या गरेर श्रीमान् पुगे प्रहरी कार्यालय

ललितपुरमा श्रीमतीको हत्या गरेर श्रीमान् पुगे प्रहरी कार्यालय



काठमाडौं । ललितपुरमा एकजनाले श्रीमतीको हत्या गरेका छन् । गोदावरी नगरपालिका–७ का ३० वर्षीय विनोद पाख्रिनले श्रीमती २३ वर्षीय कोपिला नेपालीको हत्या गरेका हुन् ।

बिहीबार राति घरमा विनोदले दाउराको चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेको खुलेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एवं एसएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

श्रीमतीको हत्या गरेर विनोद आफैँ प्रहरी कार्यालय पुगेका थिए । शुक्रबार बिहान उनी प्रहरी कार्यालय पुगेका हुन् । विनोदमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । नेपालीको शव पोस्टमार्टमका निम्ति लगनखेलस्थित पाटन अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।