तीन प्रदेशका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

तीन प्रदेशका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना



काठमाडौं । देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ । नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेका कारण केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो तराई भूभागका केही स्थान हुस्सु र कुहिरो रहनेछ । हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।

देशका हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ । विभागले राति तराई भूभागका थोरै स्थानमा हुस्सु रहने बताएको छ । देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ ।