काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा मुलुकको चालु खाता र शोधनान्तर स्थिति दुबै आकर्षक अवस्थामा रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । बैंकको पुस मसान्तसम्मको तथ्यांक अनुसार चालु खाता ४ खर्ब २९ अर्ब ९१ करोड रुपैयाँले बचतमा रहेको छ भने शोधनान्तर स्थिति (बीओपी) ५ खर्ब १ अर्ब २४ करोड रुपैयाँले बचतमा रहेको हो ।
अघिल्लो वर्षको पुस मसान्तसम्ममा चालु खाता जम्मा १ खर्ब ६५ अर्ब ६७ करोड रुपैयाँले बचतमा रहँदा शोधनान्तर स्थिति २ खर्ब ४९ अर्ब २६ करोड रुपैयाँले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २३ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ३ अर्ब ३ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १० अर्ब ७६ करोड रुपैयाँ रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ४ अर्ब २९ करोड रुपैयाँ रहेको थियो ।


प्रतिक्रिया