काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आउँदो फेब्रुअरी २० देखि शुरू हुने प्रतियोगिताको खेल तालिका आज सार्वजनिक गरेको हो ।
प्रतियोगिताका खेलहरू त्रिवि क्रिकेट रङ्गशाला र मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् । सबै खेल बिहान साढे ९ बजेदेखि शुरू हुनेछ ।
गएको वर्षको प्रधानमन्त्री कपको शीर्ष ४ टोलीले जय ट्रफीमा प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र बागमती प्रदेश क्रिकेट सङ्घ गरी ४ वटा टोली सहभागी छन् ।
समूह चरणपछि शीर्ष दुई स्थानमा रहने टोलीले फाइनलमा खेल्नेछन् । समूह चरणका खेलहरू दुई दिन र फाइनल खेल तीन दिनसम्म चल्नेछ । फाइनल खेल मार्च १ देखि ३ सम्म त्रिवि क्रिकेट रङ्गशालामा हुनेछ ।
गएको वर्ष त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले उपाधि जितेको थियो ।


प्रतिक्रिया