काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
हाल तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आइतबार दिउँसो तराई भागका केही स्थानमा हुस्सु/कुहिरो रहने छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ भने अन्य भागको मौसम सफा रहनेछ ।
कोसी प्रदेशका उच्च पहाडी र हिमाली भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
त्यसैगरी आज राति तराई भूभागका केही स्थानहरूमा बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।


प्रतिक्रिया