काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य ह्वात्तै बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला साढे नौ हजार रुपैयाँले बढेको हो ।
आजको भाउ प्रतितोला तीन लाख ५०० रुपैयाँ कायम भएको छ ।
शुक्रबार दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी यस दिन चाँदीको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर पाँच हजार १० रुपैयाँ निर्धारण भएको छ । शुक्रबार चार हजार ७१० रुपैयाँ थियो ।


प्रतिक्रिया