काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका–१० मा रहेको एक अवैध गोदाममा छापा मार्ने क्रममा तस्कर समूहले आक्रमण गर्दा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् ।
आदर्शनगरमा रहेको मदनप्रसाद गुप्ताको घरमा कपडा बरामद गर्ने क्रममा झडप भएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्सा, सीमा सुरक्षा गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले आज बिहान गोदाममा छापा मारेर भण्डार गरी राखेको सात लाख रुपैयाँ बराबरको कपडा बरामद गरेको छ ।
कपडा बरामदपछि तस्कर समूहले आक्रमण गरेका सशस्त्र सहप्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले बताए ।
तस्कर समूहले ढुङ्गामुढा गर्दा सशस्त्र प्रहरी बल नेपालको एउटा वानटन र एउटा जीपमा क्षति पुगेको छ ।


प्रतिक्रिया