सुनको मूल्य बढ्दा चाँदीको घट्यो

सुनको मूल्य बढ्दा चाँदीको घट्यो



काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ भनेको चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ९०० रुपैयाँले बढेको हो ।

आजको मूल्य प्रतितोला तीन लाख पाँच हजार ५०० रुपैयाँ कायम भएको छ । सोमबारमा सुनको मूल्य प्रतितोला तीन लाख चार हजार ६०० रुपैयाँ थियो । त्यसैगरी, चाँदीको मूल्य सामान्य घटेको छ ।

अघिल्लो दिन भने पाँच हजार २५० रुपैयाँ रहेको सुन आज पाँच हजार २४० रुपैयाँ तोकिएको छ । तोलामा १० रुपैयाँले घटेको हो ।