शेयर बजार २ हजार ६ सय ६२ विन्दुमा झर्‍याे

शेयर बजार २ हजार ६ सय ६२ विन्दुमा झर्‍याे



काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव २५ अङ्कले घटेर २ हजार ६ सय ६२ दशमलव १४ विन्दुमा झरेको छ ।

आज म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक समूहको शेयर सबैभन्दा धेरै १ दशमलव १५ प्रतिशतले ओरालो लागेको छ ।

आज १ सय ७९ वटा कम्पनीको शेयर घटेकोमा ७४ वटाको बढेको छ । यस्तै ७ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज कर्पाेरेट डेभलपमेन्ट कम्पनीको शेयर सबैभन्दा धेरै ५ दशमलव २४ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन कालिञ्चोक दर्शन कम्पनीको शेयर ६ दशमलव ३६ प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो १० अर्ब ७७ करोडको कारोबार भएकोमा आज ३ सय २४ वटा कम्पनीका २ करोड १७ लाख कित्ता शेयर ८ अर्ब ६१ करोड रुपैयाँमा किनबेच भएको छ ।