बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ११ सय रुपैयाँले बढेको हो ।

आजको मूल्य प्रतितोला तीन लाख ६ हजार ६०० रुपैयाँ तोकिएको छ ।

हिजो तीन लाख पाँच हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको छ ।

अघिल्लो दिन प्रतितोला पाँच हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन पाँच हजार २९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।