सेनाको शिवरात्री रिहर्सलका कारण त्रिभुवन विमानस्थलमा उडान प्रभावित

सेनाको शिवरात्री रिहर्सलका कारण त्रिभुवन विमानस्थलमा उडान प्रभावित


ग्लोब नेपाल
108
Shares

काठमाडौं । नेपाली सेनाले महाशिवरात्रीको तयारीस्वरूप बिहीबार गरेको रिहर्सलका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण प्रभावित भएको छ ।

सेनाले बिहान सवा ९ बजेदेखि सवा १० बजेसम्म विमानस्थल परिसरमा परेड अभ्यास गरेको थियो । सो अवधिमा नियमित उडान–अवतरण प्रभावित हुँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुले असुविधा भोग्नुपरेको बताइएको छ ।

रिहर्सलका कारण केही उडान तालिका प्रभावित भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले मकालुखबरलाई जनाकारी दिए ।

यस वर्ष महाशिवरात्री फागुन ३ गते परेको छ । त्यसको तयारीस्वरूप सेनाले सुरक्षा र औपचारिक कार्यक्रमका लागि अभ्यास गरेको हो ।