चार दिनपछि बढ्याे शेयर बजार

चार दिनपछि बढ्याे शेयर बजार



काठमाडौं । शेयर बजार ४ दिनपछि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ८ दशमलव ९७ अङ्कले बढेर २ हजार ६ सय ७१ दशमलव ०७ विन्दुमा पुगेको छ ।

आज होटल, माइक्रोफाइनान्स, निर्जीवन बीमा, अन्य र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक समूहको शेयर १ दशमलव १८ प्रतिशतले उकालो लागेको छ ।

आज १ सय ३९ वटा कम्पनीको शेयर बढेकोमा १ सय १५ वटाको घटेको छ । यस्तै ६ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन कालिञ्चोक दर्शन कम्पनीको शेयर भने सबैभन्दा धेरै ७ दशमलव ५९ प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ८ अर्ब ६९ करोडको कारोबार भएकोमा आज ३ सय ३७ वटा कम्पनीका २ करोड ७७ लाख कित्ता शेयर ११ अर्ब १० करोड रुपैयाँमा किनबेच भएको छ ।