आज उच्च पहाडी र हिमाली एक/दुई ठाउँमा हल्कावर्षा र हिमपातको सम्भावना

आज उच्च पहाडी र हिमाली एक/दुई ठाउँमा हल्कावर्षा र हिमपातको सम्भावना



काठमाडौं । महाशिवरात्रिको दिन आज देशका उच्च पहाडी र हिमाली एक/दुई ठाउँमा हल्कावर्षा र हिमपातको सम्भावना छ ।

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसोसम्म तराइ भागका केही ठाउँमा कुहिरो कायमै रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

आज काठमाडौं उपत्यकामा बिहान पौने ६ बजे न्यूनतम तापक्रम ८.४ डिग्री सेल्सियस मापन भएको छ ।

काठमाडौं उपत्यकामा हिजोभन्दा चिसो केही बढेको हो । हिजो काठमाडौंमा न्यूनतम तापक्रम ८.९ डिग्री सेल्सयस रहेको थियो ।