ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट

ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट


ग्लोब नेपाल
27
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय शैक्षिक प्रयोजन जस्तै अध्ययन शुल्क, भिसा शुल्क, अनलाइन परीक्षा शुल्कहरूको लागि आवश्यक अन्तर्राष्ट्रिय अनलाइन भुक्तानीहरूको सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने विशेष योजना सार्वजनिक गरेको छ ।

बैंकले नेपाली विद्यार्थीहरूलाई विशेष गरी शैक्षिक प्रयोजनका लागि आवश्यक सम्पूर्ण अन्तर्राष्ट्रिय अनलाइन भुक्तानीहरू जस्तै आईईएलटीएस, टोफल, स्याट, जीम्याट, पीटीई, एसीटी, एसीसीए, युएसएमएलई, कलेज फी, भिसा शुल्क, बीमा शुल्क लगायतका विभिन्न सेवा बापतको भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्नेछ ।

यो योजना अन्तर्गतको छुट जुलाई ३१, २०२६ सम्म लागू हुनेछ । ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै बैंकले उक्त सेवा आफ्ना ११७ वटा शाखामार्फत विस्तार गरेको छ । यो योजनाअन्तर्गतको छुट तथा सेवा उपलब्ध हुने बैंकका शाखा कार्यालयहरूसम्बन्धी विवरण बैंकको वेबसाइटमा उपलब्ध छ ।