काठमाडौं । जापानमा गएको जनवरी महिनामा ४ वर्षपछि पहिलो पटक विदेशी पर्यटकहरूको संख्या घटेको छ ।
जापान राष्ट्रिय पर्यटन संगठनकाअनुसार, जनवरीमा जापान भ्रमण गर्ने विदेशी पर्यटकहरूको संख्या अघिल्लो वर्षको तुलनामा ४.९ प्रतिशतले घटेर झन्डै ३६ लाख पुगेको छ ।
यो २०२२ जनवरीपछि पहिलो पटक वार्षिक आधारमा घटेको हो ।
यो गिरावटको मुख्य कारण चीनबाट आउने पर्यटकहरूको संख्या ६०.७ प्रतिशतले तीब्र रूपमा घट्नु हो ।
चीनबाट जनवरीमा मात्र ३ लाख ८५ हजार ३०० जना पर्यटक आएका थिए । यो लगातार दोस्रो महिना हो । जसमा चीनबाट पर्यटक घटेका छन् । चीन सरकारले आफ्ना नागरिकहरूलाई जापान भ्रमण नगर्न आग्रह गरेको छ ।
जसको पछाडि जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले ताइवानबारे गरेको टिप्पणी ताइवानमा चीनको आक्रमणलाई जापानको अस्तित्वसँग जोडेर हेर्नु हाे ।
त्यसकारण पछिल्लाे समय दुवै देशबीचको सम्बन्ध केही चिस्सिएकाे छ ।


प्रतिक्रिया