सर्वोच्चको आदेशपछि थुनामुक्त भए दुर्गा प्रसाईं

सर्वोच्चको आदेशपछि थुनामुक्त भए दुर्गा प्रसाईं



काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं छुटेका छन् ।

सर्वोच्च अदालतको आदेशपछि बुधबार प्रसाईं जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट छुटेका हुन् । फागुन ४ गते पक्राउ परेपछि उनी बन्दीप्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च पुगेका थिए ।

सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको इजलासले उनलाई रिहा गर्न आदेश दिएको थियो। मंगलबार नै रिहा गर्न आदेश दिएपछि सरकारी वकिलको कार्यालयमार्फत छाड्नुपर्ने बताउँदै प्रहरीले उनलाई आजमात्रै रिहा गरेको हो ।

सर्वोच्चले प्रसाईंलाई थुनामा राखेको प्रक्रिया कानून सम्मत नदेखिएको पनि उल्लेख गरेको छ ।