खामेनेईकी श्रीमतीको पनि मृत्यु

खामेनेईकी श्रीमतीको पनि मृत्यु



इरानको सरकारी टेलिभिजन च्यानलले सर्वोच्च नेता आयातोल्लाह अलि खामेनेईकी श्रीमती मनसुरेह खोजस्तेह बघेरजादेहको मृत्यु भएको पुष्टि गरेको छ।

बीबीसी फारसीका अनुसार ‘हमशहरी’ अखबारले यसअघि खामेनेईकी श्रीमती अमेरिका र इसरायलका आक्रमणमा घाइते भई कोमामा गएको जनाएको थियो।

यसअघि इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनेई अमेरिका र इसरायलका आक्रमणमा मारिएका थिए। ती आक्रमणमा खामेनेईका परिवारका अन्य सदस्यहरू तथा इरानको इस्लामी शासनका केही वरिष्ठ नेताहरू पनि मारिएको जनाइएको छ।