चुनावलाई लक्षित गरी वीर अस्पतालमा द्रुत कार्यदल गठन

चुनावलाई लक्षित गरी वीर अस्पतालमा द्रुत कार्यदल गठन



काठमाडौं । चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल) ले पर्सि बिहीवार हुने चुनावलाई लक्षित गरी विशेषज्ञ चिकित्सकसहितको र्‍यापिड रेस्पोन्स टिम अर्थात् द्रुत कार्यदल गठन गरेको छ ।

वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई दृष्टिगत गर्दै टोली गठन गरेको बताए । अस्पतालले आकस्मिक विभागका प्रमुख डा. सुरेशप्रसाद नेपालको संयोजकत्वमा २६ सदस्यीय टोली गठन गरेको हो ।

औषधि र उपकरणसहितको टोलीमा विशेषज्ञ चिकित्सक, नर्सिङ प्रशासक, औषधि व्यवस्थापन प्रमुख छन् ।