कार दुर्घटनामा ३ को मृत्यु, दुई घाइते

कार दुर्घटनामा ३ को मृत्यु, दुई घाइते


ग्लोब नेपाल
324
Shares

काठमाडौँ । नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा ५च ७८८१ नम्बरको निजी कार चाँगुनारायण नगरपालिका-८ जितपुरस्थित वडा कार्यालय नजिक सडकमा भएको दुर्घनामा घाइते पाँचमध्ये ३ जनाको आज मृत्यु भएको छ ।

सोमबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइतेमध्ये काठमाडौँ महानगरपालिका-३२ जडीबुटीका ५५ वर्षीय योगेन्द्र प्रधान, ४८ वर्षीय सुरेन्द्र प्रधान र ५५ वर्षीया कृष्णमाया प्रधानको उपचारको क्रममा आज मृत्यु भएको भक्तपुर जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए।

घाइते योगेन्द्र र सुरेन्द्रको उपचारको क्रममा मध्यपुर अस्पतालमा र कृष्णमायाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको उनले जानकारी दिए। कार दुर्घटनामा घाइते थप दुई जनाको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।