काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी रौतहट–२ का उम्मेदवार किरण कुमार साहले पार्टी परित्याग गरेको घोषणा गरेका छन । जेनजी आन्दोलनपछि विषम परिस्थितिमा भएको निर्वाचनमा बुथ कब्जा हुँदासमेत पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपाल निरिह रहेकाले पार्टी त्याग गरेको घोषणा गरेको हुन ।
बिहीबार दिउँसो सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत उनले पार्टीका प्रतिनिधिको रूपमा खटिएका व्यक्तिहरूलाई पनि फिर्ता बोलाएका छन् । ‘जेनजी आन्दोलनपछि विषम परिस्थितिमा यो निर्वाचन भइरहेको छ ।
तर बहुसंख्यक हिन्दु भएको क्षेत्रमा आफूले चुनाव जित्ने स्थिति हुँदाहुँदै सरकार, पार्टीका संयोजक प्रचण्ड र सहसंयोजक नेपालको निरिहताका कारण म पार्टी छोड्ने घोषण गर्छु’, उनले भनेका छन् । धाँधली भएको स्थानमा पुनः मतदान नगरेसम्म मतगणनामा सहभागी नहुने पनि उनले बताएका छन् ।


प्रतिक्रिया