रसुवामा कांग्रेसका मोहन आचार्य विजयी

रसुवामा कांग्रेसका मोहन आचार्य विजयी



रसुवा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवा निर्वाचन क्षेत्र नं १ बाट नेपाली कांग्रेसका उम्मेदवार इन्जिनियर मोहन आचार्य तेस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय रसुवाको सहायक निर्वाचन अधिकारी सरिता रिजालका अनुसार आचार्यले १० हजार ५६६ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बसन्त भट्टले ५ हजार ५७१ मत प्राप्त गरेका छन् ।

त्यसैगरी नेकपा (एमाले) का उम्मेदवार प्रेमबहादुर तामाङले ४ हजार ६८८ मत प्राप्त गरेका छन् ।

उज्यालो नेपाल पार्टीका उम्मेदवार मानबहादुर तामाङले १ हजार ४ सय ५३ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार माधवप्रसाद लामिछानेले ९ सय ६३ मत प्राप्त गरेका छन् ।