इलाम-२ मा सुदीपलाई पछि पार्दै सुहाङकाे अग्रता

इलाम-२ मा सुदीपलाई पछि पार्दै सुहाङकाे अग्रता



काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले अग्रता बनाएका छन् । मतगणनाको सुरूदेखि नै श्रम संस्कृति पार्टीका सुदीप राईसँग पछि परेका सुहाङले अहिले अग्रता बनाएका हुन् ।

उनले ७ हजार २७१ मत ल्याएका छन् भने सुदीप राईले ६ हजार ८८ मत पाएर दोस्रो स्थानमा झरेका छन् ।

यो क्षेत्रमा कांग्रेसका भेषराज आचार्यले ३ हजार ८७० मत र रास्वपाका गोकुलबहादुर राईले १ हजार ९९४ मत प्राप्त गरेका छन् ।