काठमाडौं । म्याग्दीमा स्वतन्त्र उम्मेदवार डा. महावीर पुनको जित निश्चित भएकाे छ । निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहेका पुनले गणना हुन बाँकी मत भन्दा बढी मत अन्तरले अग्रता लिएका छन् । अस्ति बिहिवार सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावको बेनीमा रहेको मुख्य निर्वाचत अधिकृतको कार्यालयमा मतगणना जारी छ ।
मतगणनामा जिल्लाको पाँच पालिकाको मतगणनामा पुनले १८ हजार ८ सय ४७ मत सहित अग्रता कायम गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लाको धवलागिरि, मालिका, मंगला, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाको मतगणना सकिँदा पुनले उनका निकटतम प्रतिस्पर्धि नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले भन्दा ११ हजार ९ सय ९५ बढी मत ल्याएका छन् । अब म्याग्दीमा अन्नपूर्ण गाउँपालिकाको ६ हजार ५ सय ५८ मत मात्र गणना गर्न बाँकी छ ।


प्रतिक्रिया