काठमाडौं । इलाम क्षेत्र नं २ मा जारी प्रतिनिधिसभा सदस्य चुनावको मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार सुहाङले ९ हजार ३ सय ८८ मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै श्रम संस्कृति पार्टीका उम्मेदवार सुदिप राई ७ हजार ७ सय ४२ मतका साथ दोस्रो स्थानमा रहेका छन् ।
त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्य ५ हजार २० मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् ।
चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोकुल बहादुर राईले २ हजार ३ सय ४० मत प्राप्त गरेका छन् । यस्तै नेपाली कम्युनिष्ट पार्टीका ओम बहादुर गुरुङले ६७८ मत पाएका छन् ।


प्रतिक्रिया