काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ । हालसम्म ९२ सिटको नतिजा आइसकेको छ ।
पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ७४ सिटमा जित हात पारेको छ । पार्टीले ४८ सिटमा अग्रता बनाइरहेको छ ।
दोस्रो स्थानमा नेपाली कांग्रेसले १० सिटमा जित र ९ सिटमा अग्रता बनाएको छ । नेकपा एमाले ३ सिटमा जित र ८ मा अग्रतासहित तेस्रो स्थानमा छ ।
चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीले ३ सिटमा जित र ४ सिटमा अग्रता बनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले १ मात्र सिट जित्दा अन्य कुनै पनि स्थानमा अग्रता बनाउन सकेको छैन ।
स्वतन्त्र उम्मेदवार १ जनाले जितेका छन् भने श्रम संस्कृति पार्टीले ३ सिटमा अग्रता बनाइरहेको छ ।


प्रतिक्रिया