काठमाडौं । भदौ २३ र २४ भएको जेनजी आन्दोलनको प्रतिवेदन आज बुझाइने भएको छ ।
पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको आयोगले आज बिहान ११ बजे प्रतिवेदन बुझाउन लागेको प्रधानमन्त्री सुशीला कार्कीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए ।
उक्त आयोगको समयावधि पनि आइतबार नै सकिँदैछ ।
जेनजी आन्दोलनको छानबिन गर्नका लागि अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदले असोज ५ गते उक्त आयोग गठन गर्ने निर्णय गरेको थियो ।
प्रतिवेदन चुनाव अगावै सार्वजनिक गर्न जेनजी प्रतिनिधि तथा राजनीतिक दलका नेताहरूले माग गर्दै आएका थिए ।
काम नसकिएको बताउँदै आयोगलाई फागुन २४ गतेसम्मका लागि म्याद दिइएको थियो ।


प्रतिक्रिया