कञ्चनपुर । कञ्चनपुर प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जनकसिंह धामी २४ हजार ३३२ मतसहित निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृत दामोदर घिमिरेका अनुसार धामीले १३ हजार २२२ मतले नेपाली कम्युनिष्ट पार्टीका बिना मगरलाई पछि पार्दै विजयी भएका हुन् । मगरले ११ हजार ११० मत प्राप्त गरिन् ।
यस्तै नेपाली कांग्रेसका गोपीप्रसाद उपाध्यायले आठ हजार ४६७ मत प्राप्त गरे । एमालेका तारालामा तामाङले आठ हजार ८८ मत प्राप्त गरेका थिए ।


प्रतिक्रिया