साउदीबाट नेपाल फर्कन चाहने नेपालीलाई कागजात दूतावासमा बुझाउन निर्देशन

साउदीबाट नेपाल फर्कन चाहने नेपालीलाई कागजात दूतावासमा बुझाउन निर्देशन



काठमाडौं । परराष्ट्र मन्त्रालयले साउदी अरबबाट अत्यावश्यक कारणले नेपाल फर्किन चाहने नेपाली नागरिकलाई त्यहाँस्थित नेपाली दूतावासमा आवश्यक कागजात बुझाउन निर्देशन दिएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार, राहदानी, भिसाको फोटोकपी र यात्रा योजनासहितको विवरण दूतावासमा पेश गरेर भिसा सहजीकरणका लागि अनुरोध गर्न सकिने व्यवस्था गरिएको छ ।

पश्चिम एसियाका केही स्थानबाट सीमित हवाई उडानहरू सञ्चालन भइरहेका छन्। नेपालतर्फको उडान व्यवस्थाका सम्बन्धमा परराष्ट्र मन्त्रालयले सम्बन्धित पक्षसँग छलफल गर्दै आएको जनाएको छ । इच्छुक नागरिकले हाल उपलब्ध उडान मार्गबाट यात्रा गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, पश्चिम एसियामा रहेका नेपाली नागरिकको अद्यावधिक विवरण संकलनका लागि कन्सुलर सेवा विभागले सञ्चालन गरेको अनलाइन दर्ता प्रणालीमार्फत आज साँझसम्म ५७,१०० जनाले आफ्नो विवरण दर्ता गरिसकेको छ । प्राप्त विवरणको आधारमा आवश्यक कदम चालिने योजना रहेको मन्त्रालयले जनाएको छ ।