जय ट्रफीकाे फाइनल खेल मुलपानीमा

जय ट्रफीकाे फाइनल खेल मुलपानीमा



काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका कारण सारिएको जय ट्रफी मेन्स एलिट कप क्रिकेट प्रतियोगिताको फाइनल खेल मुलपानीमा हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रतियोगिातको फाइन्ल खेल चैत ३ देखि ५ गतेसम्म माथिल्लो मुलपानी मैदानमा हुने छ । यसअघि फागुन १७ देखि १९ गतेसम्म तय भएको फाइनल खेल निर्वाचनकाम कारण सारिएको थियो ।

फाइनल खेल तीन दिवसीइ ढाँचाको हुने पनि क्यानले जनाएको छ । फाइनलमा नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब पुगेका छन् ।