काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना शुरू भएको छ ।
राष्ट्रिय बाघ गणनाअन्तर्गत शुक्लाफाँटासँगै लालझाडी–मोहना संरक्षित क्षेत्र र डडेलधुराको जोगबुडामा स्वचालित क्यामेरा जडान गरी बाघ गणना थालिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ ।
आज बिहान कार्यक्रमको आयोजना गरी निकुञ्ज कार्यालयले औपचारिक रुपमा बाघ गणना शुरू गरेको हो ।
आहार प्रजातिको पर्याप्तताका कारण शुक्लाफाँटामा बाघको सङ्ख्या धेरै भएको जनाइएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले बाघ गणनाका लागि ५ सय ८० स्वचालित क्यामेरा जडान गरिनाका साथै ७७ जनाको प्राविधिक टोली खटिने जानकारी दिए ।


प्रतिक्रिया