प्रतितोला २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

प्रतितोला २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य


ग्लोब नेपाल
216
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य प्रतितोला २ हजार रुपैयाँले बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको २ हजारले बढेर ३ लाख १९ हजारमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ३ लाख १७ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ हजार ७२० मै कारोबार भइरहेको छ । यसअघि मंगलबार पनि चाँदी तोलाको ५ हजार ७२० मा नै कारोबार भएको थियो ।