काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले आफूहरू न्यायालय सुधारको बाटोमा हिँडिरहेको बताएकी छन् ।
अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा न्यायाधीश मल्लले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पनि न्यायपालिकालाई साँच्चिकै जीवित र समावेशी संस्थाकै रूपमा उठाउने प्रयास गरिरहेको बताइन् ।
उनले डर, धम्कीबाट न्याय सम्पादन हुन नसक्ने बताइन् । न्यायाधीश मल्लले मुलुकमा सुशासन र समावेशीतालाई सुनिश्चित गर्न पनि कुनै पनि डर र धम्कीको प्रभावमा नपरी न्याय सम्पादन गर्न आवश्यक रहेको बताइन् ।


प्रतिक्रिया