जनकपुरधाम । सिरहा जिल्ला अदालतअगाडि बम विस्फोट भएको छ ।
जिल्ला अदालत अगाडि रहेको मधेश ल फर्ममा कुकर बम विस्फोट भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । ल फर्मकै एक जना व्यक्ति घाइते भएका छन् । उनको परिचय खुलेकाे छैन । ल फर्मको सिसा र भित्र रहेका कागजात र फर्निचरमा पनि क्षति पुगेको छ ।
अहिले त्यहाँ प्रहरी परिचालन गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


प्रतिक्रिया