च्याम्पियन्स लिग : भाल्भेर्डेकाे ह्याट्रिकमा रियल मड्रिडले म्यानचेस्टर सिटीलाई हरायाे

च्याम्पियन्स लिग : भाल्भेर्डेकाे ह्याट्रिकमा रियल मड्रिडले म्यानचेस्टर सिटीलाई हरायाे



काठमाडौं । युरोपेली च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम–१६ को पहिलो लेगमा गएराति भएका खेलमा रियल मड्रिड, पेरिस सेन्ट जर्मेइन (पीएसजी), बोडोग्ल्म्टि विजयी भएका छन् ।

घरेलु मैदानमा भएको खेलमा मड्रिडले म्यानचेस्टर सिटीलाई ३–० गोलले हरायो । मड्रिडका लागि फेडेरिको भाल्भेर्डेले ह्याट्रिक गरे । यो जीतसँगै मड्रिड ८ खेलमा १५ अङ्कसहित तालिकाको नवौँ स्थानमा छ । सिटी ८ खेलमा १६ अङ्कसहित आठौँ स्थानमा छ ।

यस्तै घरेलु मैदानमा भएको खेलमा पीएसजीले चेल्सीलाई ५–२ गोलले हरायो । पीएसजीका खभिचा क्वारत्स्खेलियाले २ तथा ब्राडली बारकोला, ओउसमान डेम्बेले र भितिन्हाले १/१ गोल गरे ।

चेल्सीका मालो गुस्तो र इनजो फर्नान्डेजले गोल गरे । यो जीतसँगै पीएसजी ८ खेलमा १४ अङ्कसहित तालिकाको ११औँ स्थानमा छ । चेल्सी ८ खेलमा १६ अङ्कसहित छैटौँ स्थानमा छ ।

यस्तै घरेलु मैदानमा भएको खेलमा बोडोग्ल्म्टिले स्पोर्टिङलाई ३–० गोलले हरायो । बोडोग्ल्म्टिका सोन्ड्रे ब्रुनस्ट्याड, ओले डिड्रिक ब्लुमबर्ग र कास्पेर होगले गोल गरे ।

यो जीतसँगै बोडोग्ल्म्टि ८ खेलमा ९ अङ्कसहित तालिकाको २३औँ स्थानमा छ । स्पोर्टिङ ८ खेलमा १६ अङ्कसहित सातौँ स्थानमा छ ।

यस्तै हिजो भएको पहिलो खेलमा घरेलु टोली लेभेरकुसेन र आर्सनलबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ ।

लेभेरकुसेनका रोबर्ट एन्ड्रिच र आर्सनलका काई हाभेर्ट्जले गोल गरे । यो बराबरीसँगै आर्सनल ८ खेलमा २४ अङ्कसहित शीर्ष स्थानमा यथावत् छ । लेभेरकुसेन ८ खेलमा १२ अङ्कसहित १६औँ स्थानमा छ ।

च्याम्पियन्स लिगमा आर्सनल २४ अङ्कसहित शीर्ष, बायर्न म्युनिख २१ अङ्कसहित दोस्रो र लिभरपुल १८ अङ्कसहित तेस्रो स्थानमा छन् ।