एन्फा महिला राष्ट्रिय लिग फुटबलको खेल तालिका सार्वजनिक

एन्फा महिला राष्ट्रिय लिग फुटबलको खेल तालिका सार्वजनिक



काठमाडौं । एन्फा महिला राष्ट्रिय लिग फुटबलको खेल तालिका सार्वजनिक भएको छ । चैत पहिलो हप्तादेखि शुरू हुने लिगका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आज खेल तालिका सार्वजनिक गरेको हो ।

तालिकाअनुसार आउँदो चैत ४ गते हुने उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी) र सङ्कटा क्लब खेल्नेछन् । १० टोली सहभागी हुने लिगका सबै खेलहरू च्यासल रङ्गशालामा हुनेछन् ।

लिगमा न्युरोड टिम (एनआरटी), त्रिभुवन आर्मी क्लब, बागमती युथ क्लब, नेपाल पुलिस क्लब, राप्ती फुटबल क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, चर्च बोइज युनाइटेड, आरएस पोखरा, झपा फुटबल क्लब र सङ्कटा फुटबल क्लबले खेल्दैछन् ।

एन्फा महिला राष्ट्रिय लिग २०८३ सालको वैशाख १२ गतेसम्म चल्नेछ ।