इनिशा विक हत्या प्रकरण : पद्मकन्या बहुमुखी क्याम्पसका विद्यार्थी सडकमा

इनिशा विक हत्या प्रकरण : पद्मकन्या बहुमुखी क्याम्पसका विद्यार्थी सडकमा



काठमाडौं । इनिशा विक हत्या प्रकरणको छानबिन र दोषीलाई कडा कारबाहीको माग गर्दै शुक्रबार विद्यार्थीले काठमाडौंमा प्रदर्शन गरेका छन् । इनिशालाई न्याय दिनुपर्ने भन्दै पद्मकन्या बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा बागबजारदेखि माइतीघरसम्म विरोध प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा सहभागी विद्यार्थीले ‘नारीहरूको सुरक्षा गर’, ‘घटनाको निष्पक्ष छानबिन गर’ लगायत नारा लगाएका थिए । कालो पट्टी बाँधेर प्रदर्शनमा उत्रिएका विद्यार्थीले पीडित परिवारले न्याय नपाएसम्म विरोध नरोकिने जनाएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा विक मृत अवस्थामा भेटिएकी थिइन् । पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको देखिएको थियो । प्रहरीले घटनाको अनुसन्धान जारी राखेको छ ।